Latest
अर्को
Prev

बुवाकाे दाहसंस्कार गरेर फर्किँदै गरेका छाेरा त्रिशुलीमा खसेर बेपत्ता, ५ आफन्तकाे मृत्यु

सेयर गर्नुहोस

१७ चैत, चितवन । आज त्रिशुलीमा खसेकाे ट्याक्सीमा सवार ६ जना आफ्ना परिवारका सदस्यकाे दाहसंस्कार गरी फर्किँदै गरेकाे खुलेको छ । क्यान्सर राेगले मृत्यु भएका शंकर राेकाकाे दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेकाे ट्याक्सी त्रिशुलीमा खसेकाे हाे । हिजो शुक्रबार काठमाडौँ पशुपतिमा शंकरकाे दाहसंस्कार गरिएकाे थियाे । उनकाे परिवारका ६ जना आज त्रिशुलीमा खसेकाे गोरखा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सीमा शंकरकी आमा जुनमाया रोका, जुनमायाकी जेठी छोरी हरिमाया उपरकोटी र कान्छी छोरी अञ्जना रोका थिए ।


त्यसैगरी हरिमायाको छोरा आगमन र हिजो दाहसंस्कार गरेका शंकरका छोरा विवश पनि थिए । हिजो बुबालाई दागबत्ति दिएर फर्किएका १८ वर्षीय विवश अहिलेसम्म त्रिशुली नदीमा नै हराइरहेका छन् । ट्याक्सी चालक अर्जुन श्रीमल भने जुनमाया रोकाको माइलो ज्वाइँ हुन् । मृतकमध्ये जुनमायाको परिवार गोरखा नगरपालिकाको वडा नम्बर ४ मा बस्छन् । जुनमायाको श्रीमान पहिल्यै बितिसकेका छन् । हरिमायाको घर गोरखाकै ७ नम्बर वडा हो भने कान्छी छोरी अञ्जनाको घर गोरखाकै वडा नम्बर १४ मा रहेको वडा नम्बर ४ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार शंकरका आफन्त काठमाडौँबाट तीनवटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए। आज बिहान इच्छाकामना गाउँपालिका -५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँच जनाको मृत्यु भएको थियो । नेपाल प्रेसवाट


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist