Latest
अर्को
Prev

कृषि बजार व्यवस्थापन समितिमा पदस्थापना

सेयर गर्नुहोस

पाेखरा १४ चैत्र ।


पाेखरा ९ स्थित शान्तीवन वाटिकामा रहेकाे कृषि बजार व्यवस्थापन समितिमा वुधवार एक समाराेहका विच नवनियुक्त अध्यक्ष नवाराज दुवाडी सहित निर्वाचित कार्यसमितिका सदस्यहरूकाे पदस्थापना र निवर्तामान समितिलाइ एकैसाथ विदाइ गरिएकाे छ ।


पदस्थापना कार्यक्रममा नवनियुक्त अध्यक्ष नवाराज दुवाडीले वर्तमान समितिले निवर्तमान समितिकाे साथ र सहयाेग लिएर वजारलाइ कृषक र व्यापारीकाे हकहितमा आफुले काम गर्ने वताए । निवर्तमान अध्यक्ष कमल प्रसाद पौडेलले वर्तमान समितिलाइ आवश्यक सहयाेग गर्ने र समितिलाइ सफल कार्यकालकाे शुभकामना व्याक्त गरेका थिए ।


विदाइ कार्यक्रममा निवर्तमान समितिका सदस्यहरु गिरी प्रसाद पौडेल, दुर्गा प्रसाद कँडेल ,माया श्रेष्ठकाे उपस्थिती रहेकाे थियाे । उपस्थिती समितिका सदस्यहरुलाइ मायाकाे चिनाे प्रदान गरी सफल कार्यकाल सम्पन्न गरेकाेमा धन्यवाद दिइ विदाइ गरिएकाे थिएाे ।


चैत्र ८ गते सम्पन्न निर्वाचनवाट अध्यक्ष दुवाडी सहित सदस्यहरुमा पार्वती थापा बाँनिया, विश्वराज सापकाेटा, मुना अधिकारी, राजेन्द्र गिरी, कृष्ना प्रसाद धाेवी निर्वाचित भएका थिए ।


पाेखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानी ,कृषि ज्ञानकेन्द्रवाट रामकृष्ण अर्याल, जिल्ला समन्वय समितिवाट राजु अधिकारी, पाेखरा उपत्यका नगर विकास समितिवाट कृष्णचन्द्र न्यौपाने पदेन सदस्य रहने प्रवधान रहेकाे छ । बुधवारनै निर्वाचित सदस्यहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण पश्चात समितका अध्यक्ष नवराज दुवाडीकाे अध्यक्षतामा पहिलाे वैठक वसी विभिन्न निर्णय गरेकाे छ।


समितिकाे स्थापना दिवस वैशाख १ गते विविध कार्यक्रम गरि मनाउने र समितिकाे निर्वाचन प्रकियामा सहयाेग गर्ने सुरक्षा निकाय कर्मचारी कृषि विभाग सम्पुर्णलाइ धन्यवाद दिने निर्णय गरेकाे कृषि बजार व्यवस्थापन समितिका व्यावस्थापक महेन्द्र सिंह थापाले वताए ।



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist