पाेखरा १० चैत्र
नेपाल निजामती कर्मचारी युनियन कास्कीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नवबर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री महेन्द्रध्व जिसीले नेपाली काग्रेसले आस्थााकाे आधरमा कसैलाइ भेतभाव नगरेकाे वताएका छन् । सथै उनले कर्मचारीले जनतालाइ छिटोछरितो सेवा दिइ सुशासनको प्रत्याभुती हुने गरी सरकारलाई सहयाेग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले निजामति कर्मचारी सरकारको मेरुदण्ड नै रहेको हुँदा कर्मचारीले जनताको सेवा र सुविधालाई निष्पक्ष ढंगबाट गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकार कर्मचारीको हकहितको निम्ति सदैव तत्पर रहेको उहाँको वताए साथै आफु सधै कर्मचारीकाे पक्षमारहेकाे वताए ।

कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मीले राजनीति र प्रशासनको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुहुदै कर्मचारीलाई कमजोर बनाउने काम सरकार र कसैवाट हुन नहुने कुरामा जाेड दिएका थिए ।
नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कास्की कांग्रेसका सभापति किशाेरदत्त बराल, सचिव भानुभक्त ढकाल, सहसचिव नविन सिग्देल,वावुराम आचार्यं, सुरेन्द्र प्रसाद अधिकारी ,ड्राविन लम्साल ,लगायतले कर्मचारीमा एकता कायम राख्दै आफ्नो मनोबललाई उच्च बनाउँदै सेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य निजामती कर्मचारी युनियन कास्कीका उपाध्यक्ष केदार सापकोटाले राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव इ सुमन शर्माले गर्नुभएको थियो