५ चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङ’लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन् । मन्त्री नियुक्तिसँगै उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । ।
मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए । उनले आइतबार मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए ।