Latest
अर्को
Prev

चैत ४ गते पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी

सेयर गर्नुहोस

पोखरा, १ चैत


पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा हुने भएको छ गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने भएका हुन ।


पोखरालाई पर्यंटनको राजधानी बनाउने चर्चा लामो समय देखी चल्दै आएको थियो । आइतबार पोखराको बाराही घाटामा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा हुने गरी तयारी गरिएको छ । राजधानी घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् । बसुन्धरापार्कबाट विहान करिब १०ः३० बजे सुरु हुने झाँकी सहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने छ ।


पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने निर्णयले पर्यटन व्यवसायमा उत्साह ल्याएको बताए । पोखरा क्षेत्रमा अब लगानी भित्राउन र यहाँको पर्यटन क्षेत्रको लगानी सुरक्षित गर्न थप मद्धत पुग्ने उनको भनाई छ । अध्यक्ष श्रेष्ठले पोखरामा अब बार्षिक २० लाख भन्दा बढी पर्यटन भित्राउन लाग्नु पर्ने बताए ।


पोखरालाई अहिले पनि पर्यटकीय राजधानी भनेर सम्बोधन गर्ने गरीन्छ । तर यसले पर्यटकीय राजधानीको मान्यता भने चैत ४ गते पाउने छ । स्थानीय निर्वाचनमा विजयी भएर आएपछि पोखराका मयेर धनराज आचार्यले पहिलो निर्णय नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेका थिए । त्यसलाई निर्णयमा पु¥याउन आचार्य लागि परेका छन् । प्रदेश राजधानी पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको थियो ।


समितिले पोखराकालाई पर्यटकीय राजधानी बनाउने गर्नु पर्ने कार्यतालिका नै दिएका छ । समितिको प्रतिवेदनले चैत्रको पहिलो हप्ता पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न उपयुक्त हुने सुझाव दिएको थियो । सोही मितिमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागेको हो ।


पोखरा हुदै सन् २०२३ मा १ लाख ९२ हजार पर्यटक अन्नपुर्ण क्षेत्रमा पुगेका छन् । पोखरामा बर्सेनी कति पर्यटक पोखरा आउछन् भने कुनै तथ्याङ छैन । तर पनि स्वदेशी र विदेशी पर्यटकको पहिलो रोजाई पोखरा पर्ने गरेको छ ।


नेपालमा वार्षिक १० लाख भन्दा बढि पर्यटक आउने गर्दछन् । नेपाल आएका पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको पर्यटन व्यवसायीहरु बताउ छन् । केवलकार, अल्ट्रालाइट, बन्जी, जिप लाइन, प्याराग्लाइडिङ लगायत इभेन्टहरूमा पोखरामा रमाउन पाइन्छ । पोखराले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्ने दाबी व्यवसायीको छ ।


गण्डकीको पर्यटन क्षेत्रमा ७ खर्बभन्दा बढीको लगानी छ भने पोखरामा आसपासमा मात्रै ६ खर्ब लगानी रहेको व्यवसायीको भनाई छ । घोषणले पनि पर्यटन क्षेत्रले प्राथमिकता पाउने, पोखराको पर्यटकीय बजारीकरण तथा प्रवद्धन, बाह्य तथा आन्तरिक लगानी मैत्री वातावरण निर्मण हुने, पर्यटन मैत्री पूर्वाधार निर्माणमा बल पुग्ने अपेक्षा


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist