Latest
अर्को
Prev

तनहुँको आबुँखैरेनीमा जन्ती बोकेको गाडी दुर्घटना, २ जनाको मृत्यु, १६ घाइते

सेयर गर्नुहोस

तनहुँको आबुँखैरेनी गाउँपालिका १ गिराउनचौरमा गएराती जिप पल्टँदा दुई जनाको ज्यान गएको छ । घटनामा परी १६ जना घाइते छन् ।



मिर्लुङबाट छापस्वारा तर्फ जन्ती लिई जाँदै गरेको बा १८ च ५९२१ नं.को बोलेरो जिप अनिन्त्रित भई सडकदेखी अं.५०० मिटर तल खस्न गई दुर्घटना हुँदा बोलेरो जिपमा सवार यात्रुहरु मध्ये ७१ वर्षका आसबिर गुरुङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


व्यास ९ गजौंडेनिवासी १७ वर्षिया तुलसी गुरुङको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।



घाइतेमध्ये अधिकांश आँबुखैरेनी र केही बन्दीपुरका छन् । छ जनाको अाँबुखैरेनी र १० जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist