Latest
अर्को
Prev

पोखरा–मुग्लिन सडक बिस्तार: पश्चिम खण्डमा कालोपत्रे शुरु(तस्विरहरु)

सेयर गर्नुहोस

पोखरा, २८ माघ/ पोखरा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्डको कालोपत्र शुरु भएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा काममा प्रगति नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक स्थलगत निरीक्षण गरेका थिए । काममा प्रगति नभएपछि ठेक्का तोड्नेसम्मको तयारीपछि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएका छन् ।


पश्चिम खण्डमा हालसम्म एक दशमलव पाँच किमि खण्ड कालोपत्र भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको खण्डमा हालसम्म काम सुरु भएको दस दिनमा डेड किमि सडक कालोपत्र भएको छ । पश्चिम खण्डमा गत माघ १२ गतेदेखि पहिलो पटक कालोपत्रको काम सुरु भएको थियो ।


मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले तीन ठाउँमा कालोपत्रको काम गरिरहेको आयोजनाका इञ्जिनीयर हेम श्रेष्ठले जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा र हलेदीमा कालोपत्र भएको छ । सोही ठाउँँमा थप कालोपत्रका लागि काम भइरहेकाले हाल एकतर्फी कालोपत्रका लागि काम अगाडि बढेको बताए ।


मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र सुरु गरिएको थियो । पश्चिम खण्डका इञ्जिनीयर एवं सूचना अधिकारी नारायण पौडेलका अनुसार फेबु्रअरीको अन्तिमसम्म एकतर्फी रुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य रहेको बताए ।


पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उनले जानकारी दिए । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो । यो खण्डमा हालसम्म करिब १५ प्रतिशत प्रगति छ ।


पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।


यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ । यता पूर्वी खण्डमा भने १९ दशमलव पाँच किलोमिटर सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म कालोपत्र सकिएको हो ।


पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालिस दशमलव ४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।


हेर्नुहोस केहि तस्विरहरु:-


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist