Latest
अर्को
Prev

राष्ट्रपति पौडेलद्धारा बाग्लुङ कालिकाको पूजाअर्चना एवम् शालिग्राम सङ्ग्राहलयको अवलोकन

सेयर गर्नुहोस


बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गर्नुभएको छ । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को कार्यक्रममा सहभागी हुन बुधबार बिहान यहाँ आउनुभएका राष्ट्रपति पौडेलले कालिका भगवती मन्दिर पुगेर बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गर्नुभएको हो ।


राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पहिलोपटक यहाँ आउनुभएको हो । यो मन्दिर नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । उहाँ मन्दिर पुग्नुहुँदा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी, पुजारी, भक्तजन, स्थानीय जनप्रतिनिधि, प्रशासक तथा सर्वसाधारणले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले आजै यहाँस्थित शालिग्राम सङ्ग्राहलयको अवलोकन गर्नुभयो ।


केहीबेरपछि राष्ट्रपति पौडेलले गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को एक समारोहका बीच समुद्घाट्न गर्नुहुने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । राष्ट्रपति पौडेल आजै राजधानी फर्कनुहुनेछ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist