Latest
अर्को
Prev

नेपालको संविधानले समावेशी समानुपातिक व्यवस्था गरेकाले कुनै पनि दलले बहुमत ल्याउन सक्दैनः देउवा

सेयर गर्नुहोस

९ पुस, तनहुँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले समावेशी समानुपातिक व्यवस्था गरेकाले कुनै पनि दलले वहुमत ल्याउन नसक्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको सोमबार दमौलीमा उद्घाटन गर्दै सभापति देउवाले नेपालको संविधानले समावेशी समानुपातिक व्यवस्था गरेकाले कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै पार्टी बिचमा सहमति आवश्यक रहेको बताए ।


सहमति गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउनु पर्छ । नेपालको संविधान समावेशी, समानुपातिक व्यवस्था गरिएकाले सहमति गर्नु पर्ने बाध्यता छ । एकतालाई बलियो बनाउन पनि आगामी दिनमा टिकट वितरणमा न्याय गरिने देउवाको भनाइ थियो । उनले पार्टीले टिकट वितरणमा पूर्ण रूपमा न्याय गर्ने समेत बताए । पार्टीभित्र पूर्णरुपमा न्याय हुन्छ, हिजो नपाएकाहरूले आज पाउँछ, आज नपाउनेले भोलि टिकट पाउँछ । बैमनश्यता त्यागेर पार्टीभित्र एकता हुन आवश्यक छ, उनले भने।



समानुपातिक संवैधानिक व्यवस्थाले गर्दा बहुमत ल्याउन नसके पनि कांग्रेस ठुलो पार्टी बन्ने र मेलमिलापको माध्यमबाट अघि बढ्नु पर्नेमा जोड दिए।  सबैको प्रतिनिधित्व हुनेगरी आदिवासी, मधेसी, दलित, महिलाको सहभागिताको व्यवस्थाले गर्दा बहुमत ल्याउन कठिन हुन्छ, सरकार बनाउन मिल्नुको विकल्प छैन, उनले भने ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist