७ पुस, पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोइला प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोइला प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोइलाले हानिएको सहभागीहरुले बताएका छन् ।
ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोइला फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका राइनास नगरपालिका वडा न ८ का २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए ।
उनी मकै खाएर बसेका रहेछन् । खोइला फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उनले भने, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनलाइ प्रहरीले नियन्रणमा लिएकाे छ ।