Latest
अर्को
Prev

पोखरा-१२ लाई प्लास्टिक व्यवस्थित वडा घोषणा

सेयर गर्नुहोस

३० मंसिर, कास्की । पोखरा- १२ लाई व्यवस्थित वडा घोषणा गरिएको छ प्लास्टिकजन्य फोहोरको कारण पोखराका प्राकृतिक सम्पदा विग्रदै गएको भन्दै त्यसको न्युनीकरणमा पोखरा महानगरपालिकाले कार्यक्रमहरु सुरु गरेको छ । प्लास्टिकका कारण उब्जाउ खेतबारीमा उत्पादन कम हुनेदेखि प्राकृतिक सम्पदा प्रदूषणको चपेटामा परेको भन्दै प्लाष्टीको पुन प्रयोग हुने संभावनाहरुको खोजी गर्न थालिएको हो । प्लास्टिक र प्रदूषण बढी रहेको बेलामा पोखरा महानगरपालिका वडा नं. १२ र यूएनडीपीबीच प्लास्टिक न्यूनिकरण र व्यवस्थित वडा बनाउने योजना एक कार्यक्रमका विच हतान्तरण गरिएको छ ।


गएको चैतमा शून्य फोहोर न्यूनिकरणको मोडेलमा विकास र कार्यान्वयन परियोजनामा वडा कार्यलय र युनडिपि विच एमओयू सम्झौता भएको थियो । वडा तहमा पूर्ण चक्रिय प्लास्टिक फोहोर न्यूनिकरण र व्यवस्थापन गर्ने गरी योजना अघि बढेको हो । यसका लागि यूएनडीपीले ८० लाख बजेट वडामा खर्च गरेको पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले बताए । प्लास्टिक न्यूनिकरण व्यवस्थापन र समुदाएमा आधारित शून्य प्लास्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयनका लागि उपयोग हुने बास्तोलाले बताए । वडाको फोहोर संकलन गर्ने संस्था भद्रकाली वेस्ट,वडाका टोल सुधार समिति,आमा समूह,युवा क्लब र स्थानीय संघ संस्थासँग मिलेर फोहोर व्यवस्थापन गरेका छन् ।


पोलीथिन व्यागहरुलाई कम गर्न वडाले टोल समुदाय पसलहरुलाई फाइवर झोला समेत वितरण गरेको थियो भने टोल टोलमा डस्वीनहरु समेत राखेको बास्तोलाले जानकारी दिए । आयोजनालाई सेन्टर फर इनर्जी एन्ड इन्भायरमेन्ट नेपाल, ब्लू वेस्ट टु भ्यालु प्रालि र ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिले स्थानीयले संयुक्तरुपमा कार्यान्वयन गरेका छन् । पोखरा महानगरपालिका १२ मा ठोस र प्लास्टिक फोहोरको आधारभूत सर्वेक्षण र मूल्याङ्कन र फोहोर व्यवस्थापन प्रदर्शन तथा तालिम केन्द्र वडामा निमार्ण गरिएको छ ।


पोखरामा दैनिक २ सय मेट्रीकटन दैनीक फोहोर उठ्ने गरेको पोखरा महानगरपासिलकाले जनाएको छ । प्लास्टिकको व्यवस्थापनमा चुनौति बढिरहेको अवस्थामा यो परियोजना प्लास्टिक व्यवस्थापनका लागि नमूना वनेको मेयर धनराज आचार्यले बताए। । उनले वातावरण र पर्यावरण जोगाउन प्लाष्टीक जन्य पदार्थको प्रयोग घटाउदै लाने योजना महानगरको रहेको बताए। फोहोर वाट उर्जा उत्पादन गर्ने तर्फ महानगरले योजना बनाएको बताए। पूर्ण चक्रिय प्लास्टिक फोहार न्यूनीकरण र व्यवस्थापन गरिने योजना रहेको छ ।


व्यवस्थापनकालागि अभ्यास र सरसफाई अभियान पनि संचालन गरीएको थियो । प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि पोखरामा रहेको प्लास्टिक प्रशोधन केन्द्रको स्तरोन्नति गरि काम नलाग्ने प्लास्टिकले प्लास्टिक रोड,प्लास्टिक इँटा,पुनः प्रशोधन गरेको वस्तु र उद्योगको इन्धन बनाउने काम समेत गरीएको यूएनडीपी जीइएफ एसजीपीका राष्ट्रिय कोओडिनटर विवेकधर शर्माले बताए। यो अभियानअन्तर्गत ३ सय घर धुरीको फोहोरको आधारभूत सर्वेक्षण र मुल्याङकन गरिएको थियो । यस अभियानमा फोहोरहरू छुट्टयाउने र कम्पोस्ट विनबाट कसरी कम्पोस्ट मल बनाउने भन्ने व्यवहारिक शिक्षा समेत दिएको थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist