तनहुँ २३ मंसिर
“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने भावनाबाट अभिप्रेरित भइ तनहुँ जिल्ला म्याग्दे गाउँपालिका, थर्पु स्थायी घर भई हाल अवु. दावी यु.ए.इ, कर्मथलो बनाउनु भएका एन.अार ए. यु.ए.इ को उपाध्यक्ष एबम अवु. दावी स्थित एम.टि.८८४८ रेस्टुरेन्टका संचालक श्री सोनम श्रेष्ठज्यु र उहाँको श्रीमान् समाजसेवी महेश श्रेष्ठज्युले उपलब्ध गराउनु भएको सहयोग एक कार्यक्रमका विच हस्तान्रतरण गरियकाे थिएाे ।
बिशेष क्षमता भएका बालबालिकाहरुलाई खाद्यान्न तथा न्यानो कपडा सहित दमौलीमा सामाजिक कार्यमा सकृय युवाहरू पुष्प श्रेष्ठ, शुरेस पुरी, माधब न्यौपाने, पविन्द्र भट्टराई, रमेश गिरि, भरतकुमार श्रेष्ठ, कृष्ण सुनार, रबि भुजेल लगायतकाे उपस्थतिमा हस्तान्तरण गरिएको थियो ।
व्यास-१३ स्थित श्री सिद्धबेनी आधारभूत बिद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका २० जना बालबालिकाहरु उक्त सहयाेग सामाग्रीहरु हस्तान्तरण गरिएको हाे ।

कार्यक्रममा बिद्यालयका निमित्त प्रधानाध्यापकज्यु, शिक्षक-शिक्षिकाज्युहरु, बिद्यालय ब्यवस्थापन समितिका सदस्यज्युहरु, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत सदस्यज्युहरु, पत्रकारज्युहरु लगायतको उपस्थिति रहेको थियोे । श्रेष्ठ परिवारबाट प्राप्त सामाग्रीले बालबालिकाहरुलाई निकै ठूलो सहयोग पुगेको कुरा बिद्यालयका निमित्त प्रधानाध्यापक श्री खड्गबहादुर सुबेदी र बिद्यालय ब्यवस्थापन समितिका सदस्य श्री कृष्ण भक्त तिवारिले वताउनुभयो । अनौपचारिक रुपमा सन्चालन भएको उक्त कार्यक्रममा उपस्थिति माहानुभावहरुले श्रेष्ठ परिवारको उत्तरोत्तर प्रगति एबम सु-स्वास्थ्यको कामना गर्दै आगामी दिनहरुमा पनि मानवताको सेवामा लाग्न थप प्ररणा मिल्ने कुरा व्यक्त गरेका थिए ।