३ मंसिर, काठमाडौं । पोर्चुगल तथा अल नासेरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको १२ सयौँ खेल खेलेका छन् ।
अल नासेरका लागि अल-रियादविरूद्ध खेलेको खेलमा उनले एक गोल र एक असिस्ट गरे । साउदी प्रो लिग अन्तर्गत अल-रियादलाई ४-१ ले हराउँदा साडियो मानेको पासमा गोल गरेका ३८ वर्षीय रोनाल्डोले ओटाभियोका लागि असिस्ट पनि गरेका थिए ।
रोनाल्डोले आफ्नो यो उपलब्धिसम्म आइपुग्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् र आफ्नो काम अझै नसकिएको बताएका छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोले यस सिजन साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गरेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।
इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टजले व्यावसायिक खेल जोनमा १ हजार ३८७ खेल खेलेका छन् ।
रोनाल्डोले यसअघि २०२० फेब्रुअरीमा आफ्नो एक हजारौँ खेल खेल्दा पनि युभेन्ट्सका लागि गोल गरेका थिए ।
साउदी प्रो लिगले सामाजिक सञ्जालमा रोनाल्डोले १२०० खेल खेलेको पुष्टी गर्दै पोष्ट गरेको छ ।
यस्तै रोनाल्डोले पनि इन्स्टाग्राममा पोष्ट राख्दै सबैलाई धन्यवाद दिएका छन्, ‘अर्को ३ अंक । मेरो १२०० खेल पुर्याउन मद्दत गर्ने सबै टिममेटहरुलाई धन्यवाद ।’