२३ मंसिर, कास्की । पोखरा महानगरपालिका -१२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय,नवीकरण भएका टोल बिकास संस्था र वडाका मुख्य सार्वजनिक स्थल एबम चोकहरुमा डस्टबिन,बोतलक्रेज राखेको छ । त्यस्तै कुहिने र नकुहिने फोहोर राख्नको लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
डालाई सफा र स्वच्छ राख्न फोहोरको व्यवस्थापनमा जुटेको उनको भनाइ छ । उनका अनुसार वडालाई सफा राख्न अहिलेलाई २ जना सफाइकर्मी राखिएको छ । उनीहरुलाई सडक र वडाभित्रका सार्वजनिक स्थानमा सरसफाइ गर्न भनेका छौ । आफ्नो वडा आफै सफा बनाउने उद्देश्यले सफाइकर्मी राखेर काम थालेको उनले बताए ।
गण्डकी प्रदेशको राजधानी पोखरा सुन्दर मात्र होइन । पर्यटकको पनि ओइरो लाग्छ । पर्यटकको मन खिच्न पनि शहर सुन्दर बनाउन आवस्यक छ । त्यसैले शहर सुन्दर बनाउन सबैले म भनेर आफैबाट सुरु गर्नुपर्छ, उनले भने । वडाध्यक्ष बास्तोलाले सुरु गरेको काममा वडाबासीले पनि साथ दिइरहेका छन् । नगर र वडा सफा राख्न स्थानीय पनि अग्रसर भएका छन् । वडाले यस वर्षको बजेट निर्माण गर्दा नै सरसफाइ शीर्षकमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेट परिचालन गर्ने गरी वडा सफासुग्घर बनाउन अभियान चालिएको बास्तोलाले बताए ।