Latest
अर्को
Prev

सडक किनारका रुख काट्नेलाई पोखरा महानगरले तिरायो जरिवाना

सेयर गर्नुहोस

पाेखरा ।


पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख विरुवा काट्नेलाई जरिवना गरेको छ । पोखरा—८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख विना अनुमति काट्ने दुई वटा पसल महानगरको कारवाहीमा परेका हुन् ।


फुटपाथमा हुर्किएको रुख काट्ने गितार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ ।


पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका उनीहरूलाई रु १५ हजार का दरले जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।


महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु पाँच हजार र रुख नै काटेमा रु १५ हजार जरिवाना हुने व्यवस्था गरिएको छ ।


महानगरपालिकाले आफ्नो चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममानै पोखरामा एक घर दुई बिरुवाको नीति लिएको छ । चालू वर्षमा दुई लाख विरुवा रोप्ने पनि घोषणा गरिएको छ । महनगरले वृक्षरोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गर्दै आएको छ ।


पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा फूलका बिरुवाहरू रोपिएका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist