१३ मंसिर, तनहुँ । घाँसीकुवामा बस दुर्घटना हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका-९ बस्ने ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेका छन् ।
घाइतेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई पृथ्वीराजमार्गको व्यास–१२ घाँसीकुवामा बुधबार बिहान दुर्घटना परेको थियो ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।