१३ मंसिर, तनहुँ ।
घाँसीकुवामा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई पृथ्वीराजमार्गको व्यास–१२ घाँसीकुवामा बुधबार बिहान दुर्घटना परेको हो ।
घाइतेहरुको रत्नहरी र दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए |