२० कार्तिक, तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डको बेलभन्ज्याङमा धमाधम कालोपत्रे गर्न सुरु गरिएको छ । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत नाहाला, बेलभन्ज्याङ तथा छिर्कन क्षेत्रमा कालोपत्रे गर्न सुरु गरिएको हो ।
तिहार अगाडि करिब चार किलोमीटर सडक कालोपत्रे गरिने आयोजनाका पुर्बी खण्डका इन्जिनियर बिष्णु प्रसाद पाण्डेले जानकारी दिए । अहिले नाहाला क्षेत्रमा कालोपत्रे गर्ने काम सुरु गरिएको छ, उनले भने ।
पछिल्लो समय उक्त सडक निर्माणमा ढिलाइ भएपनि अहिले भने गति लिएको छ । सडकको कालोपत्रे ढिलाइ हुँदा राजमार्ग आसपसका स्थानीयले धुवाधुलोको सास्ती ब्यहोर्नु परेको थियो । त्यस्तै सवारी साधन आवतजावतमा पनि समस्या हुने गरेको छ ।