१८ कार्तिक, काठमाडौ । काङ्ग्रेस केन्द्रिय सदस्य एबम सांसद प्रदीप पौडेलले जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति गएको भुकम्पले जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको भन्दै छिटोभन्दा छिटो मानवीय उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनले भुकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउँदै सम्भावित क्षति कम गराउन र आवश्यक राहत तथा सहयोगका लागि जुट्न सम्पूर्णमा अनुरोध समेत गरेका छन् । सामाजिक संजाल मार्फत पौडेलले भूकम्पमा परी ज्यान गुमाएका दिवंगत प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन् ।