Latest
अर्को
Prev

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

सेयर गर्नुहोस

पाेखरा २९ असाेज ।


पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नेपालीको महान् चाड बडादसैँको अवसर पारेर नवदुर्गा महोत्सव सुरु भएको छ ।


विभिन्न जातिका भेषभूषा र सांस्कृतिक झाँकीसहित पोखरामा शोभायात्रा निकालेर आज घटस्थापनाको दिनदेखि कात्तिक ६ गतेसम्म नवदुर्गा महोत्सव आयोजना गरिएको हो ।


विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार यही असोज २८ देखि कात्तिक ६ गतेसम्म नवरात्रि विशेष कार्यक्रम हुनेछ । शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरा महानगरपालिकाभित्रका विभिन्न टोलका आमा समूह, विद्यार्थी तथा सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।


विन्ध्यवासिनीदेखि सुरु भएको शोभायात्रा मोहरीयाटोल, भैरव टोल, महेन्द्र पुल, चिप्लेढुङ्गा, बगाले टोल मोहरीयाटोल हुँदै पुनः विन्ध्यवासिनी मन्दिर परिसरमै पुगेर टुङ्गिएको थियो । शोभायात्रामा देवी दुर्गाका विभिन्न नौ अवतार तथा अन्य देवी देवताको झाँकी निकालिएको थियो ।
घटस्थापनाको दिन आजदेखि मन्दिरमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ समेत प्रारम्भ गरिएको छ ।


महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरिशरण पौडेलबाट सङ्गीतमय झाँकीसहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गरिने बताइएको छ । श्रीमद्देवी भागवतको कथा पूर्वाह्न ९ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म प्रवचन हुने जानकारी श्रेष्ठले दिनुभयो । मन्दिरमा विजया दशमीको नित्य पूजाआजा बिहान ४ बजेदेखि गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।


बडादसैँको स्वागतार्थ शोभा यात्रासहित आज घटस्थापना पूजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव सुरु भएको हो ।


विन्ध्यवासिनी मन्दिरमा २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आइएको छ । विगतदेखि शक्ति स्थलका रुपमा पुजिँदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist