८ असोज, तनहुँ । डेङ्गुका कारण व्यास नगरपालिकामा बस्ने एक बालिकाको मृत्यु भएको छ । डेङ्गुले बालिकाको ज्यान गएपछि दमौलीबासी त्रसित भएका छन् । पछिल्लो समय डेङ्गुको संक्रमण फैलदै जादा मृत्युु हुनेको संख्या पनि बढ्न थालेको छ । एक हप्ता अगाडि व्यासमै बस्ने एक युवकको पनि ज्यान गएको थियो ।
दमौली अस्पतालमा पनि अधिकाम्स डेङ्गुका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । यसरी महामारी बढ्दै गएपछि सरोकारवालाहरुले चासो दिएर नियन्त्रणको लागि प्रयास गर्नुपर्ने बताएका छन् ।
व्यवसायी किशोर पन्तले सामाजिक संजाल मार्फत महामारी बढ्दै गएकाले दमौली र आसपासका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् । त्यस्तै पत्रकार महासंघ तनहुँका निबर्तमान अध्यक्ष ओमकार आचार्यले अब त अति भो व्यास नगरलाई स्वास्थ्य संकटकाल घोषणा गरौं । आवश्यक परे लकडाउन गरौं । कोरोना कालको भन्दा भयावह अवस्था आइसक्यो भन्दै सामाजिक संजाल मार्फत आग्रह गरेका छन् । व्यास नगरपालिकाले भने केही दिनदेखि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।