असोज, काठमाडौ । सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।
जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ । मृतक दुबै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । त्यस्तै एक जना घाइते भएका छन् ।