८ असोज, विराटनगर । विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन्
। उनले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिएको छैन । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले सोमबार ४ बजे मन्त्रिपरिषद् विस्तार र पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको बताए ।