काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइको पेसी आजका लागि तोकिएको छ ।
यसअघि काठमाडौँ जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भएपछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो ।
त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश शकुन्तला कार्कीको मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन् ।
त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले बसाइँ सर्नु अघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्म मिति हुन सक्ने भन्दै कागजात मगाउन माग गरेका थिए ।
उक्त माग बमोजिम न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्म दर्ता मगाउन आदेश दिएको थियो ।
नेपाली क्रिकेट टोली आइतबार दिउँसो १२ बजे चीनतर्फ प्रस्थान गर्दैछ । तर सन्दीप टोलीसँग जाने छैनन् ।
सन्दीपको आइतबार पेशी परेको कारण सोमबार जाने भएका छन् । नेपालले घाइते स्पिनर ललितनारायण राजवंशीको स्थानमा सागर ढकाललाई टोलीमा समेटेको छ । एसियाली खेलकुदमा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
नेपाल शीर्षस्थानमा पुग्न सके क्वाटरफाइनल खेल्नेछ । क्वाटरफाइनलमा पाकिस्तान, भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तान सोझै पुगेका छन् । तीन समूहबाट शीर्ष तीन टोली क्वाटरफाइनलमा पुग्नेछन् । १९ औं एसियाली खेलकुदमा नेपाललाई पदक विजेताको दाबेदारको रुपमा समेत हेरिएको छ । खेल टि२० शैलीमा हुनेछ ।