Latest
अर्को
Prev

साफ यू–१९ च्याम्पियनसिपमा बंगलादेशलाई ३–० ले हराउँदै भारतको विजयी सुरुवात

सेयर गर्नुहोस

४ भदौ, काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशलाई ३–० ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ ।खेलको पहिलो मिनेटमै नाओबा मियतीको हेडर पासमा पोष्ट अगाडिबाटै गोगोमसार ग्यारीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।


त्यसपछि पहिलो हाफको इन्जुरीसमयमा नाओबा मियतीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका हुन् ।पहिलो हाफमा बंगलादेशले केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन ।दोश्रो हाफमा बंगलादेशले केही सुधारिएको प्रदर्शन गर्दै भारतलाई गोल गर्न रोके पनि खेलको निर्धारित समय सकिनै लाग्दा भारत एक गोल थप्न सफल भयो ।


अर्जुन सिंहले गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।दोस्रो खेलमा नेपालले अहिले साढे ५ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist