साफ यु १९ च्याम्पियनसिप प्रतियोगिता आजदेखि काठमाडौंमा सुरुहुँदै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटानले प्रस्तिस्पर्धा गर्दै छन् ।
नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा बंगलादेश र भुटान रहेका छन् ।समूह चरणको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।नेपाल र पाकिस्तानबीचको खेल साँझ साढे ५ बजे सुरु हुने छ भने त्यसअघि भारत र बंगलादेशले दिउँसो साढे १ बजे प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले सोमबार समूह चरणमा माल्दिभ्ससँग खेल्ने छ ।
प्रिशिक्षक सुनिल श्रेष्ठले, समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए । ‘हाम्रो लक्ष्य भनेको पहिलो राउन्डबाट जितेर दोस्रो राउन्डमा जानु पर्यो दोस्रो राउन्डमा पुगेपछि फाइनल जित्नु पर्यो ।’,
उनले भने ‘ बाहिर पनि राम्रो राम्रो खेलाडीलाई बोलाइरहेको छ । त्यो पनि यिनीहरूको लागि मोटिभेसन हो । अहिले जस्तो प्रदर्शन देखाइरहेको छ । राष्ट्रिय टोलीमा पनि केहीले अवसर पाउँछ जस्तो लाग्छ ।’ त्यस्तै यु १९ नेपाली फुटबल टिमका कप्तान जियारथ सेखले सबै तयारी राम्रो भएको बताए ।
प्रतियोगिताको लागि भिआइपी प्यारा पिटतर्फ ३०० र साधारण प्यारा पिटतर्फ १०० टिकट मूल्य राखिएको