Latest
अर्को
Prev

देउवालाई शेखर कोइरालाले भने : तपाईं नसच्चिने भए आफ्नो ढंगले अघि बढ्छु, अब भेटघाट र संवाद हुँदैन

सेयर गर्नुहोस

३ असोज, काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बुधबार बिहान सभापति शेरबहादुर देउवालाई उनको निवास धुम्बाराही पुगेर भेटेका छन्। मंगलबार बसेको आफ्नो समूहको बैठकबाट सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएलगत्तै कोइराला धुम्बाराही पुगेका हुन्।


जहाँ उनीसहित उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि साथमा थिए। मंगलबार बालुवाटारमा भएको बैठकले देउवालाई भेट्न शेखरसँगै महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डे पनि जाने निर्णय गरेको थियो। तर दुई नेता बाँकी रहेको बीपी साहित्य महोत्वसमा व्यस्त भएकाले धुम्बाराही गएनन्।


देउवासँगको भेटका क्रममा शेखरले चौधौँ महाधिवेशनपछि पनि सभापतिको कार्यशैलीमा कुनै परिवर्तन नदेखिएको भन्दै आक्रोश पोखेका छन्। कोइरालाले देउवासँग भएको आधा घण्टा लामो भेटवार्ताका क्रममा पार्टीको आन्तरिक संरचनादेखि देशको आर्थिक र कूटनीतिक अवस्था पनि ध्वस्त हुने बाटोमा पुगेको कुरा राखेका थिए।


मन्त्रीहरुबारे हामी कहिले कुरा गर्दैनौँ’, उनले देउवासँग भने, ‘उनीहरुका कामको समीक्षा हुँदैन। धेरै मन्त्रीसहित पार्टी सरकारमा हुँदा पनि उनीहरुको कामले जनता कति खुसी छन्? हामीले कहिले त्यसबारे कुरै गरेनौँ।’ उनले पार्टीबाट जनता टाढिएको बताउँदै देशमा अराजकताको माहोल बनेको पनि उल्लेख गरे। ‘हामीबाट जनता टाढिइसके। मुलुकमा अराजकता बढिसक्यो’, उनले भने, ‘यस्तो अवस्थामा हामीले कुन मुख लिएर अघि बढ्ने? देशको अवस्था र सरकारको कार्यशैलीबारे हामी कुरै गर्दैनौँ। यसरी कति दिन चलाउने?’


उक्त भेटका क्रममा कोइरालाले अब पनि सच्चिएर नजाने हो भने अलग अलग बाटोमा अघि बढ्नु उचित हुने चेतावनी पनि देउवालाई दिएका छन्। ‘अब या त तपाईं यस्ता कुरा सच्याएर अघि बढ्नुस्। होइन भने तपाईं आफ्नो ढंगले अघि बढ्नुस्, म आफ्नो तरिकाले अघि बढ्छु। अबदेखि तपाईंसँग कुनै किसिमको संवाद र भेटघाटका लागि म आउँदिन। म आफ्नो ढंगले अब अघि बढ्छु।’


भेटमा सहभागी एक नेताले आक्रोशित भएका कोइरालाई शान्त पार्दै आफूले सबै कुरा मिलाउने जवाफ दिएका थिए। ‘म सबै मिलाइ हाल्छु’, उनले कोइरालालाई जवाफ दिँदै भनेका थिए, ‘धेरै चिन्ता गर्नुपर्दैन, म मिलाउँछु, हामी पार्टीमा पनि बसेर कुरा गरौँला।


नेपालखवरवाट


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist