Latest
अर्को
Prev

अमेरिकामा मजदुरको दैनिकी र लेबर होलिडे

सेयर गर्नुहोस

नर्थ क्यारोलाइना,अमेरिका/ फिलोसफर एवं मार्कशिष्ट रोजालियन लग्जेम्बर्गले १८९४ मा लेखेकी थिइन ‘जबसम्म मालिक र मजदुर बिच वर्गीय दुरी रहिरहन्छ, मजदुर र मालिक बिच द्वन्द चिलिरहन्छ। माग उठिरहने र पुरा नगर्ने क्रम चलिरहन्छ ।जबसम्म मजदुरका राम्रा दिन आउँदैनन् त्यति नै लामो समय सम्म मजदुर र मालिकका बिच झगडा चलिरहन्छ। मे दिवस मजदुरहरूको सङ्घर्षको तितो सम्मान हो।’


१८९४ देखि २०२३ सम्म आइपुग्दा पनि मजदुर र मालिक बिचको सम्बन्धको फासला र मजदुरहरूको दैनिकीमा त्यति ठुलो परिवर्तन आएको देखिँदैन । तर बिर्सन नहुने कुरा के हो भने मालिक र मजदुरको सम्बन्ध पानी र माछाको सम्बन्ध जस्तै हो र हुनु पर्छ। नत्र पुँजीको उत्पादनमा अवरोध आउन सक्छ। मानवीय जीवन सहज बन्न सक्दैन। नवीनता आउन सक्दैन। त्यसैले मजदुर र मालिकको सम्बन्धलाई प्रगाढ बनाउँदै लानु पर्छ। आजसम्म संसार भरका मजदुरहरूले मे दिवसलाई खुसीले मनाउने भन्दा पनि मजदुरहरूले आफ्ना न्यायोचित मागलाई पुरा गराउने र माग गर्ने माध्यमका रूपमा उपयोगमा ल्याउने गरेका छन्। यो पूर्णत निरूपण हुने विषय पनि होइन रोकिने विषय पनि होइन।


परिस्थिति बदलिरहन्छ, समयअगाडि बढिरहन्छ। समस्याहरू थपिँदै जान्छन्। अन्त्यहीन समाधानको आवाज उठाइरहने माध्यम भएको छ मे दिवस। जे होस संसार भरका मजदुरहरूले कामबाट आराम लिने दिनका रूपमा रहेको छ मे दिवस। यसरी नै अमेरिका, क्यानडा लगायतका देशहरूले मे दिवसलाई नै लेबर दिवसका रूपमा सेप्टेम्बरको पहिलो सोमबार बिदा दिने गरेका छन्। यो वर्ष सेप्टेम्बर ४ मा पहिलो सोमबार परेको छ।


मजदुरहरू कसरी सङ्गठित भए किन हुनु पर्‍यो ?


एकतामा बार्गेनिङ पावर बढ्छ भने विभाजनमा माग्ने हैसियतमा पुगिन्छ। त्यसैले संसारका मजदुरहरू एक हुन पर्छ र एकता भयो भने काम गर्न पाउने अधिकारलाई कसैले निषेध गर्न सक्दैन भन्ने सोचबाट मजदुर एकताको आन्दोलन अगाडि बढेको देखिन्छ। संसारभर विभिन्न धुर्वमा विभाजित मजदुर सङ्गठनहरूले १९८० मा आएर मजदुर एकतालाई मजबुत बनाउने क्रममा छरिएर रहेका संघ सङ्गठनहरूलाई स्थानीय स्तरमा,राष्ट्रिय स्तरमा र विश्वव्यापी रूपमा सङ्गठित गर्दै लगे। यसै समयमा धार्मिक समूह ,सामाजिक अभियानमा सक्रिय समूह ,राजनैतिक रूपमा सक्रिय समूह ,जागिरे जीवनमा रहेकाहरू र विभिन्न स्वार्थ समूहहरूलाई पनि एकीकृत गर्दै बृहत मजदुर सङ्गठन निर्माण गरेको पाइन्छ। एकता गर्नु पर्ने कारण भने मजदुरहरूको हितमा काम गर्ने नै थियो।


तत्कालीन समयमा विभिन्न कम्पनीहरूमा काम गर्ने मजदुरहरूको दुख र पीडाको आवाज कम्पनी मालिकहरूले नसुन्ने । बाल मजदुरको प्रयोग गरिरहने । दिनमा १२ घण्टाका दरले हप्ता भरि काम गर्दिरहनु पर्ने । पारिश्रमिक ,स्वास्थ्य र सुरक्षा मजदुरको हितमा नहुने। मजदुरहरूको जीवन जोखिममा रहिरहने हुनाले र विभिन्न मजदुर सङ्गठनहरूले आवाज उठाइ रहँदा पनि कुरो नसुनिएकोले मजदुर एकताको महसुस भएर मजदुरहरू सङ्गठित भएको देखिन्छ।


मूलतः मजदुरहरू सङ्गठित हुनुको कारण न्यायोचित परिस्थिति सिर्जना गरी मजदुरी गर्ने श्रमिकहरूको जीवनलाई सहज गराउनु नै थियो। पुजी उत्पादनमा मालिक र मजदुरको भूमिका बराबरीको भयो भने पुजी उत्पादन सहज हुन्छ र मजदुर र मालिक बिचको सम्बन्धमा पनि सरलता ल्याउन पनि मजदुर संघ सङ्गठनहरूमा एकता जरुरी थियो।


किन भयो मजदुर आन्दोलन?


छरिएर रहेका मजदुरहरूको एकता बढ्दै र बढाउँदै लगे र विशाल मजदुर सङ्गठन निर्माण भए पछि हे मार्केट स्क्वायर रिओट सिकागोमा मजदुरहरूले आफ्नो माग आठ घण्टा काम ,आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन र राम्रोसँग काम गर्न पाउने अवस्था को ग्यारेन्टीको माग सहित मे १ मा


हजारौँ कामदारहरू देशभरिबाट सिकागोमा भेला भएका थिए। मजदुरको जीवनमा नयाँ परिवर्तनका लागि भन्दै मजदुर आन्दोलन भएको थियो। आज पनि संसारका मजदुरहरूको मुख्य माग नै यही रहेको पाइन्छ। मजदुरहरूले शान्तिपूर्ण तर विशाल प्रदर्शन गरे मे ४,१८८६ मा। प्रदर्शनकै बिचबाट कुनै अज्ञात व्यक्तिद्वारा पुलिसलाई लक्षित गरेर बम प्रहार गरियो।


एक जनाको तत्कालै मृत्यूभयो धेरै मजदुरहरू घाइते भए। त्यस पछिको गन फायरमा सात जना पुलिस अफिसर र चार जना सिभिलियन र दर्जन भन्दा बढी मजदुरहरू घाइते भए। त्यस पछि पुलिसद्वारा अराजक कार्य गरेको भनी आठ जना मजदुरलाई दोषी ठहर सहित १०० भन्दा बढीलाई पक्राउ गरियो। सात जनालाई मृत्यु दण्ड दिइयो भने एक जनालाई पन्ध्र वर्षको जेल सजाय तोकियो। ६०/७० जना घाइते भए।


सिकागो अमेरिकाको इन्ड्रस्टियल सेन्टर थियो। दशौहजार मजदुरहरूले दिनको १.५ डलर मा हप्ताको छ दिन साठी घण्टा काम गर्नु पर्थ्यो। मजदुरहरू माथि अत्याचार भइरहेको थियो। कम्पनी मालिकहरूले मजदुर युनियनहरूलाई फुटाऊ र शासन गर भन्ने नीति लिएका थिए। सङ्गठनमा लागेकालाई निगरानी राख्ने, ब्ल्याक लिष्टिगं गर्ने , नयाँ भर्ना गर्ने,जासुसी गर्ने ठगी गर्नेलाई फायरिगं गर्ने जस्ता कार्यहरू गरेर मजदुरहरूलाई विभाजन गर्ने र काम गराउने नीति लिएका थिए। त्यस विरुद्धमा सोसलिस्ट र अराजकतावादी सङ्गठनहरू क्रियाशील हुँदै गए।


मेम्बर सीप वितरण गर्दै सङ्गठन बिस्तार गरेर मजबुत हुँदै गए पछि आन्दोलनको माओल तयार भयो र मजदुर आन्दोलन सुरु गरेका थिए। १८९० सम्म आइपुग्दा परम्परागत कार्यशैलीमा परिवर्तन गरी मजदुरहरूद्वारा प्रस्तुत गरिएका आठघन्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने मागलाई वैधानिक रूपमा नै सम्बोधन गर्न लगाएर मजदुरहरूको जीवनमा केही परिवर्तन गराउने काम भएको थियो।फलस्वरूप मे दिवस र लेवर दिवस स्वतन्त्र रूपमा मनाउने अवसर प्राप्त भएको थियो। मजदुर एकताको परिणाम थियो त्यो उपलब्धी ।


मे डे र लेवर डे मा के फरक छ?


१९औ शताब्दी तिर नै श्रमिक आन्दोलनलाई मे दिवसको मूल जरा मानिएको थियो। किन भने मजदुरहरूले आफ्नो आवाज बुलन्द गर्ने समस्याहरूलाई सामाजिकिकरण गर्ने मुख्य अस्त्र बनेको थियो मे दिवस। मे दिवसमा मजदुरहरूले राम्रो काम गर्ने वातावरण चाहियो, उचित पारिश्रमिक चाहियो स्वास्थ्य सुरक्षाको राम्रो प्रबन्ध हुन पर्‍यो भन्दै मजदुर अधिकारको मागका बारेमा कुरा उठाइ रहने गरिरहेका थिए।


अमेरिकाले भने १८८६ मा नै पहिलो लेवर डे मनाएको रहेछ। किनभने मे डे लाई कामदारहरूको सम्मानका लागि दिइएको बिदा का रूपमा अर्थ्याइएको पाइन्छ। अमेरिकामा भने लेवर डे एक मात्र कमन फेडरल होलिडेका रूपमा रहेको छ।लेबर डे लाई सामान्यतया पेड होली डे को मान्यता दिइएको छ तर स्थायी प्रकृतिका कामदारहरूलाई मात्र यसले सम्बोधन गर्छ।


अन्तर्राष्ट्रिय कामदार दिवस लाई नै मजदुर दिवस भनियो र युरोप लगायतका धेरै देशहरूमा मे १ लाई मे दिवसका रूपमा मनाउने गरिँदै आएको थियो । विशेष गरी श्रम गरेर जीवन चलाउने श्रमिकहरूले अन्तर्राष्ट्रिय रूपमानै आफ्ना हक अधिकार संरक्षण गर्ने सन्दर्भमा श्रमिक आन्दोलनलाई समृद्ध बनाउन पनि मजदुर दिवस मनाउने गरिँदै आएको छ।


अमेरिका र क्यानडा लगायतका केही देशहरूमा भने लेवर दिवसका रूपमा सेप्टेम्बरको पहिलो सोमबार मनाउने गरिएको पाइन्छ। अमेरिका र क्यानडा बाहेकका देशहरूमा भने मे फस्टलाई मजदुर दिवसका रूपमा मनाइँदै आएको पाइन्छ।मे डे र लेवर डे दुई नामका एकै प्रकृतिका बिदा मानिन्छन्।


कमल खनाल


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist