Latest
अर्को
Prev

एसिया कपबाट नेपाल बाहिरियो, भारतसंग हारका बाबजुत आत्मविश्वासी प्रदर्शन

सेयर गर्नुहोस

लगातारको वर्षाका कारण नेपाल एसिया कपको सुपर फोरमा पुग्न असफल भएको छ ।


श्रीलंकमा आज भएको भारतविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गरे पनि लगातारको पानीले ओभर कम गरिएको खेलमा भारत विजयी भएको छ ।


दोस्रो इनिङ सुरु भएपछि पानी परेपछि २३ ओभरमा भारतले नयाँ लक्ष्य पाएको थियो । भारतले १४५ रनको लक्ष्य पाएको हो । जुन लक्ष्य भारतले २० दशमलब १  ओभरमा विना विकेट गुमाएर पूरा गरेपछि नेपाल प्रतियोगितबाट बाहिरियो । नेपाल पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा भारतसँग पराजित भएको हो ।


पहिलो पटक एसिया कप खेलेको नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पारजित भए पनि आज भारतविरुद्ध भने उत्कृष्ट खेलको नमूना नै पेश गरेको थियो । नेपालका आशिफ शेखले अर्धशतकीय पारि खेल्दा सोमपाल कामी अर्धशतक बनाउन २ रनले पछि परे ।


भारतीय टिमका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई ब्याटिङ गर्न बोलाएका थिए । पहिलो खेलमा भारतले पाकिस्तानविरुद्ध ब्याटिङ गरेकाले आज बलिङ गर्ने निर्णय लिएको बताएका थिए ।
भारतीय क्रिकेट विश्लेषकहरुको अनुमानविपरित र टस भन्दा अगाडिको विश्लेषण भन्दा ठिक विपरित नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । भारतीय क्रिकेट विश्लेषकहरुले नेपाली टिम २५ ओभर भन्दा बढी नटिक्ने भविष्यवाणी गरेका थिए । तर नेपाली ब्याटरहरुले उत्कृष्ट खेलको नमुना प्रस्तुत गर्दै निर्धारित ओभरको १० बल बाँकी हुँदा २३० रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेका थिए ।


भारतीय पक्षको फिल्डरको प्रर्दशन उत्कृष्ट रहेन । विकेटकिपर इशान किशन, श्रीयस अय्यर, विराट कोहलीले सुरुमै क्याच छोडेका थिए भने एक पटकको एलबीडब्ल्यू आउटलाई रिभ्यू मार्फत करेक्सन भएपछि नेपालले पहिलो विकेटको रुपमा ६५ रनको साझेदारी गरेको थियो ।


९।५ ओभरमा कुशल भुर्तेल पहिलो विकेटको रुपमा आउट हुँदा उनले २५ बलमा ३८ रनको पारि खेलेका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे । भुर्तेललाई सार्दुल ठाकुरले इशान किशनको हातबाट क्याच गराउँदै पभेलियन पठाएका थिए ।


त्यसपछि क्रिजमा आएका भीम सार्की धेरै बेर टिक्न सकेनन् । भीमले १७ बल फेस गर्दा ७ रनको पारि खेले । यसैगरी कप्तान रोहित पौडेल तेस्रो विकेटको रुपमा आउट हुँदा नेपालले २० औं ओभरमा ९३ रन बनाएको थियो । रोहित ५ रन बनाएर आउट भएभएका थिए ।  चौथो विकेटको रुपमा कुशल भल्ल २ रन बनाएर आउट हुँदा नेपालले १०१ रन बनाएको थियो ।  यसबीचमा आशिफ शेखले अर्धशतकीय पारि खेल्दै एक एकातर्फको पारि भने सम्हालेका थिए । उनले ८८ बलमा ७ चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । एसिया कपमा अर्धशतक बनाउने नेपालको पहिलो क्रिकेटर बनेका छन् ।



छैटौं विकेटको रुपमा नेपालले गुल्सन झालाई गुमाएको थियो । गुल्सन ३५ बलमा २३ रनको पारि खेलेर आउट भएका थिए । उनले ३ चौका प्रहार गरे । यसैगरी दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले नेपालको पारि सम्हाले । ऐरी २९ रनबनाएर एलबीडब्ल्यू आउट भएका थिए । उनले २५ बलफेस गर्दा ३ चौका प्रहार गरे । रनको गति बढाएका सोमपाल कामीले ४८ रनको पारि खेल्दै आउट भए । ५६ बल  खेल्दा २ छक्का र १ चौकाको मद्दतले उक्त रन बनाएका हुन्  । उनलाई मोहम्मद सामीले आउट गरेपछि निराश हुँदै पभेलियन फर्किएका थिए । नवौं विकेटको रुपमा सन्दीप लामिछाने ९ रन बनाएर रनआउट भएका थिए । अन्तिम विकेटको रुपमा ललित राजवंशी खाता नै नखोली आउट हुँदा करण केसी २ रनमा नटआउट रहे ।


भारतका मोहम्मद सामिले ७ ओभर बलिङ गर्दा २९ रन खर्चिएर १ विकेट लिए । यसैग्री मोहम्मद सिराजले ९।२ ओभरमा १ मेडन राख्दै ६१ रन खर्चिएर ३ विकेट लिँदा हार्दिक पाण्ड्याले ८ ओभर बलिङ गर्दा ३ ओभर मेडन रोखर ३४ रन खचिएर १ विकेट हात पारे । यस्तै, रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चिएर ३ विकेट लिँदा कुलदीप यादवले आफ्नो स्पेलमा २ ओभर मेडन राखेर ३४ रन दिए पनि विकेट विहीन बने । 
२३१ रनको लक्ष्यसहित मैदान उत्रिएको भारतले २।१ ओभरमा कुनै पनि विकेट नगुमाएर १७ रन बनाएको थियो ।


भारतका कप्तान रोहित शर्मा र सुभमन गिल क्रिजमा रहेका बेला पानी परेपछि भारतले नयाँ लक्ष्य २३ ओभरमा १४५ रनको पाएको थियो । जुन लक्ष्य भारतले २० दशमलब १ ओभरमा कुनै पनि विकेट नगुमाएर जित निकाल्न सफल भयो । भारतका कप्तान रोहित शर्मा ४९ औं अर्धशतक पूरा गर्दै जिन निकाले । रोहित ७४ रनमा नटआउट हुँदा अर्का ओपनर शुभमन गिलले पनि ६७ रनको नटआउट अर्धशतकीय पारि खेले । 
समूह ए बाट सुपर फोरमा पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहेर प्रवेश गरेको छ । नेपाल भने बाहिरिएको छ । 


पहिलोपटक एसिया कप खेलेको नेपालले भारतसंगको यो प्रदर्शनले सबैको मन जितेको छ ।  



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist