पाेखरा भदाै १७
स्याङजा समाज जापान द्वारा क्यासन्सर पिडीत पुजा अधिकारी कार्कीलाई सहयोग हस्तान्त्रण गरेकाे छ । शनिवार समाजकाे १५ औ बार्षिकोत्सब अवसरमा एक कार्यक्रम आयाेजना गरि फेदीखाेला गाउँपालिका वडा नं २ बस्ने पूजा अधिकारी कार्कीलाई घाटीमा क्यान्सर भई भारतको दिल्ली स्थित डा.बी.आर अम्बेडकर संस्थान रोटरी क्यान्सर अस्पतालमा उपचारत कार्कीका लागी स्याङजा समाज जापान बाट संकलीत रकम स्याङजा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिको स्थापना दिवशको अवसरमा साे रकम हस्तान्त्रण गरीएको स्याङजा समाज जापानका अध्यक्ष चित्र गुरूङले वताउनु भयाे ।
विगत ८ वर्ष अघि क्यन्ससर पिडित अधिकारीका लागी रकम संकलन गर्न संस्थाका सदस्य दिपक तिवारीको संयोजकत्वमा ३२ जना सहयोगी दाताबाट ५८ हजार ५०० रकम संकलन गरी नेपाल पठाईएको थियो यसमा स्याङजा समाज अन्तराष्ट्रीय समन्वय समितिले केही रकम थप गरी जम्मा रू ६५ हजार रकम पुजा अधिकारी कार्कीको स्वास्थ्य लाभकाे कमना सहित हत्स्तान्त्रण गरेकाे थिएो ।

कार्यक्रमा स्याङजा समाज अन्तराष्ट्रिय समन्वय समितिका सस्थापक अध्यक्ष तथा वर्तमान संरक्षक अनन्त कुमार श्रेष्ठ को प्रमुख आतिथ्य एबम समाजका संरक्षक खेम काफ्ले सस्थापक सदस्य ओम शर्मा प्रमुख सल्लाहकार प्रकाश श्रेष्ठ सल्लाहकार रामु बस्याल ,मनु क्षेत्री ,हरि अर्याल ,सुरेश रेग्मी , युवा संयोजक ओमकार पोख्रेल सचिवालय सदस्य तथा हाम्रो समन्वय सहकारिका अध्यक्ष गुप्त गैह्रे सचिवालय सदस्य तथा कार्यालय ब्यवस्थापक चिरञ्जीवी ढकाल एनसिसी कतारका अध्यक्ष प्रकाश परियार सस्थाका शुभेच्छुक अच्युत पोख्रेल,विशाल अर्याल स्याङ्जा ट्राफिक प्रहरी प्रमुख प्रबिण आचार्य परिवर्तन युवा समुहका अध्यक्ष र सचिव लगायत विभिन्न सामाजिक ब्याक्तित्वहरुको उपस्थितिमा रहेको कार्यक्रममा प्रमुख अतिथी तथा सस्थापक अध्यक्ष एबम वर्तमान सल्लाहकार अनन्त कुमार श्रेष्ठ प्रमूख आतिथ्यतामा भएकाे कार्यक्रमकाे अध्यक्षता समाजकाे अध्यक्ष टुक प्रसाद अर्यालले गर्नुभएकाे थिएाे ।