१६ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने भन्दै कडा चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’