Latest
अर्को
Prev

पाकिस्तानमा सुरु हुने एसिया कपका लागि अफगानिस्तानको टोली घोषणा

सेयर गर्नुहोस

११ भदौ, काठमाडौं । आउँदो बुधबारदेखि पाकिस्तानमा सुरु हुने एसिया कप २०२३ का लागि अफगानिस्तानको टोली घोषणा भएको छ ।


हशमतुल्लाह शाहिदीको कप्तानीमा घोषित १७ सदस्यीय टोलीमा अलराउण्डर करिम जनत र नजिबुल्लाह जद्रानले कमब्याक गरेका छन् ।


करिम जनत ६ वर्षपछि पहिलो पटक ओडीआई खेल्ने लाइनमा छन् । सन् २०१७ मा जिम्बाव्वे विरुद्ध ओडीआईमा डेब्यू गरेयता उनले ओडीआई खेलेका छैनन् ।


यस्तै पाकिस्तानविरुद्ध सिरिज गुमाएका नजिबुल्लाह पनि एसिया कप खेल्ने टिममा समावेश छन् ।


यसैगरी २०२२ मा पछिल्लो पटक खेलेमा स्पीन बलिङ अलराउण्डर शरफुद्दिन अस्रफले पनि  टिममा स्थान बनाएका छन् ।


पाकिस्तान विरुद्ध तीन खेलको सिरिजका लागि अफगानी टिममा रहेका वाफादार मोमान्द,  अज्मतुल्लाह ओमारजाई, फरिद अहमद र शाहिदुलल्हले भने एसिया कपमा लागि घोषित टिममा स्थान बनाउन सकेनन् ।


एसिया कपमा अफगानिस्तान समूह बी मा छ । बंगलादेश र श्रीलंका पनि यसै समूहमा छन् ।


पाकिस्तान र श्रीलंका दुई देशमा हुने एसिया कपमा अफगानिस्तानले समूहको दुवै खेल लाहोरमा खेल्नेछ । अफगानिस्तानले पहिलो खेल सेप्टेम्बर ३ मा बंगलादेशसँग र दोस्रो खेल सेप्टेम्बर ५ मा लाहोरस्थित गद्दाफी स्टेडियममा खेल्नेछ ।


अफगानि टिम :


हशमतुल्लाह शाहिदी (कप्तान), रहमानुल्लाह गुर्बाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नावी, इक्रम अलिखिल, रासिद खान, गुल्वादिन नइव, करिम जनत, अब्दुल रहमान, शरफुद्दिन अस्रफ, मुजिउर रहमान, नुर अहमद, मोहमद सालिम, फजलहक फारुकी ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist