५ भदौ, काठमाडौँ । आज बस्ने राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ ।
मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने सङ्घीय संसद् सचिवालयले सूचना निकालेर जानकारी गराएको छ । सङ्घीय सांसदका महासचिव डा. भरतराज गौतमले १ बजेको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जानकारी दिए ।