१३ साउन, तनहुँ । गायिका कला लम्सालको तीज गित १५ साउनमा सार्वजनिक हुने भएको छ । तीजको अवसरमा गायिका लम्सालले ‘चरी भरर’ नामको गित सार्वजनिक गर्न लागेकी हुन् ।
पछिल्लो समय तीजका गितमा मौलिक कला सस्कृति झल्किनु भन्दा पस्चिमेली सस्कृतिको सिको गर्दै जाँदा यथार्थ परक हुन नसकेको टीका टिप्पणी हुँदै आएको छ । तर गायिका लम्सालले भने परम्परागत भेषभुषामा सजिएर मौलिक कला, सस्कृतिलाई समेट्नुका साथै चेलिबेटीको यथार्थ चित्रणलाई गितमा समेटेकि छन् । गायिका लम्सालले ‘चरी भरर’ तीज गित १५ साउनमा सार्वजनिक गरिने बताइन् । यो गितमा चेलिबेटीले व्यहोर्नु परेको अवस्थाको यथार्थ चित्रण गरिएको छ । ‘यसले आम स्रोताको मन जित्ने विश्वास गरेको छु,’ उनले भनिन् ।
लम्सालले गित सार्वजनिक भएपछि सुनेर प्रतिक्रिया दिनको लागि अनुरोध गरेकी छिन् । हरेक वर्ष मौलिक तीज गित गर्ने गायिका लम्साल यस वर्ष पनि स्रोताहरुको लागि तीजको कोशेली लिएर आएकी हुन् । अहिलेको परिपेक्षमा तीजको भावहरु समेटिएको गितहरु अत्यन्त न्युन संख्यामा आइरहेको बेलामा तीज गीत नै निकाल्नु कलाको विशेषता मानिएको छ ।