Latest
अर्को
Prev

पोखराका औषधी पसलमा जिल्ला प्रशासनकाे अनुगमन

सेयर गर्नुहोस

पाेखरा ८ साउन ।


जिल्ला प्रशासन कार्यालय कास्कीले आज पोखराका पाँचवटा औषधी पसल अनुुगमन गरेको छ ।प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधी पसल अनुुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।


अनुुगमनका क्रममा कतिपयमा सम्बन्धित जिम्मेवार व्यक्ति बाहेक अन्यले औषधी विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरेका जस्ता कमजोरीहरू पाइएको प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिनुुभयो ।


अनुुगमन टोलीले औषधीको मूल्य सूूची, म्याद नाघेका औषधीको व्यवस्थापन लगायतमा जानकारी लिएको थियो ।जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा अनुुगमन गर्दै आएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist