८ साउन, काठमाडौ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बंगलादेशकी समकक्षी शेख हसिनासँग द्विपक्षीय भेट गर्दैछन्।
प्रधानमन्त्री प्रचण्डले सोमबार नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावास भियनाले जानकारी दिएको छ।
मंगलबार गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्रीले त्यहाँ रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्।