Latest
अर्को
Prev

नेकपा एसका तनहुँकाअध्यक्ष कार्की सहित केही कार्यकर्ता एमालेमा समाहित

सेयर गर्नुहोस

६ साउन, तनहुँ ।


एकिकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्की सहितका केही कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन् । नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार पार्टी समाहित कार्यक्रमको आयोजना गरी अध्यक्ष कार्की सहितका केही कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको हो ।


जिल्ला सचिवालय सदस्य  दिपक खाती, जिल्ला सदस्यहरु  भरत के सी, नारायण कार्की, विजय गौतम ,हरि कार्की,भानु चापागाईं ,झनकनारायण श्रेष्ठ,बिष्णु वहादुर अधिकारी,कल्याण अधिकारी, अनेरास्ववियु जिल्ला सचिव सँचिता विक लगाएत नेता तथा कार्यकर्ताहरु पार्टीमा समाहित भएको जनाएको छ ।



एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय सचिव गोकर्ण बिष्ट लगाएतका नेताहरुले उनीहरुलाई स्वागत गरेका थिए । तर नेकपा एसका केही नेताहरुले भने आफुहरु नेकपा एसमै रहेको जनाएका छन् । एसका नेता झनक नारायण श्रेष्ठले आफुसँग सल्लाह नै नगरी त्यतिकै एमालेमा प्रवेश गर्यो भनेर अपवाह फैलाएको बताए । उनले अफ्नो नाम जोडेकोमा आपत्ति जनाएका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist