नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा भएको अधिवेशनबाट अनिशा श्रेष्ठ अध्यक्ष पदमा चयन हुनुभयो । उहाँ सिटी वाट टेलिभिजनमा कार्यरत रहनुभएको छ ।
यसैगरी उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो ।सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य अल्चना श्रेष्ठ र अभिनन्दन बजिमया रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष अनिशा श्रेष्ठले बोलेर भन्दापनि काम गरेर देखाउने बताउँदै, टिम राम्रो भएको हुँदा नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार मुल उदेश्य रहेको बताउनुभयो ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खल कास्कीले नेवारहरुको संस्कृति र परम्परालाई संरक्षणको लागि विशेष योगदान दिएको बताएका बताउनुभयो ।
नेवाः पत्रकार पुचः का सल्लाहकार दीपेन्द्र श्रेष्ठले नेवारहरुसँग जोडिएका भाषा, संस्कृति, परम्पराहरु लोप हुँदै गएको र त्यसलाई संरक्षण र सम्वद्र्धनको लागि मसिनो गरी केलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासंघ गण्डकीका महसचिव गोविन्द सुवेदी, नेवाःल्याम्ह पुचः कास्कीको अध्यक्ष मधुसुदन जोशी, नेवाः मिस पुचः कास्कीको अध्यक्ष संगीता बज्राचार्य, आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष दिल गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत मन्तव्य र महासचिव अनिशा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।