काठमाडौ ५ साउन।
लामो समयदेखि यूरोपका विभिन्न देश बस्दै आउनुभएका पाेखरा निवासी गणेश थापा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एन्. आर. एन. नर्वेकाे उपाध्यक्षमा निर्विराेध निर्वाचित भएका छन् । वुधवार भएकाे अधिवेशनवाट निर्वाचित पाेखरा २५ हेम्जाका गणेश थापा हाल नर्वेमा बसोबास गर्नुहुन्छ ।
युरोपमा युवाहरुमाझ लोकप्रिय थापा तरुणदल नेदरल्याण्डसको अध्यक्ष , कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको संस्थापक युवा संयाेजक थापा विभिन्न सघं संस्था र सामाजिक काममा संलग्न हुनुहुन्छ ।
सामाजिक क्षेत्रमा सक्रिय थापा विदेशमा नेपाल र नेपालीको लागि केही गर्नुपर्छ भने भावनाले अघि बढेको र सामाजिक कार्यमा लागेको बताउनुहुन्छ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एन्. आर. एन नर्वेमा आगामी दिनहरुमा नेपाली समाजका लागि सकारात्मक सोचका साथ सक्दाे सहयाेग गर्ने उहाँको भनाइ छ।