पोखरा, १ साउन/ पोखरामा साउनको पहिलो सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिरमा, शिवको पुजा आरधना गरी जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् ।
पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका छन् । पोखरामा केदारेश्वर मन्दिरमा ठुलो भिड् लाग्दै अाएकाे छ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखरामा बोलबम शिवपथ जलयात्रामा गर्दै आएको छ । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो ।
गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण पुजा सगै जलापर्ण गर्ने गर्दछन् ।

साउनको महिनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिंङ्गमा चढाउने गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाे छ ।