शंकरराज नहर्की ,तनहुँ ,असार २१।
नेपाली भाषाका एकिकरणकर्ता राष्ट्रिय विभूति आदिकवी भानुभक्त आचार्यकाे सम्मानमा भानु नगरपालिका ४ शिखर कटेरी,धर्मशालामा “रामायण भवन” बनेको छ । भबन बनेसङ्गै उचित संरक्षण नपाएकाे उक्त भबनकाे आदिकवि भानुभक्त जन्मस्थल विकास समिति र भानु नगरपालिकाले संरक्षण गर्ने भएका छन्।
नेपाल सरकारको पर्यटन विभाग अन्तगत २ कराेड ६० लाखकाे लागतमा बनेकाे भवनमा रामायण भवन भित्र आदिकवी भानुभक्त आचार्यद्धारा नेपालीमा अनुवाद गरिएको रामायणका सचित्र श्लोकहरु कोरिने तथा धार्मिक अनि साहित्यक कार्यक्रमहरु संचालन गरिने आदिकवी भानुभक्त जन्मस्थल विकास समितीका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । उनि भन्छन्, “यस ऐतिहासिक भवनको गेट र पर्खाल निर्माण गरि संरक्षण गर्ने तर्फ विकास समिती लागी पर्ने छ”।

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी उक्त स्थानमा रामायण भवन वन्नु महत्वपुर्ण पाटो रहेको बताउदै यसको संरक्षण गर्नेतर्फ स्वयं जन्मस्थल तथा भानु नगरपालिका पनि लागिपर्ने बताउँछन् । उनले भने यसको संरक्षण हुनु अहिलेको आवश्यकता हो । जन्मस्थल समितिका अध्यक्ष ऋषिराम पन्त यसै वर्षबाट दिलोज्यान दिएर उक्त रामायण भवनको संरक्षण गरिने वताउँछन् ।

रामायय भवन भानुभक्त जन्मेकाे चुँदिरम्घा डाडाकाे शिखरकटेरी ,धर्मशालामा निर्माण गरिएकाे छ। उक्त स्थानमा अहिले मानब बस्ति बिहिन छ। चारैतिर सालकाे जङ्गल र झाडी रहेकाे छ। साहि स्थानमा रहेकाे घरमा वि सं १८७१सालमा भानुभक्त आचार्यकाे जन्म भएकाे थियाे।