Latest
अर्को
Prev

बन्दीपुरमाआन्तरिक पर्यटकको चहलपहल

सेयर गर्नुहोस

१४ असार, तनहुँ ।


बन्दीपुरको पर्यटन क्षेत्रले विस्तारै गति लिएको छ । लामो समयको बन्दाबन्दी र काेरनाकाे कारणले प्रभावित बनको यहाँको पर्यटन क्षेत्र आन्तरिक पर्यटकको चहलपहल हुन थालेको छ। लकडाउन अघि स्वदेशी तथा विदेसी गरी दैनिक हजारौको संख्यामा पर्यटकहरु बन्दीपुर आउने गर्दथे । त्यतिखेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन होटेल व्यवसायीलाई हम्मेहम्मे पथ्र्याे तर अहिले पर्यटनको आगमन बढ्दै गएको छ । विसेषगरी भारतीय, चाइनीज, अमेरिकन लगायतका नागरिकहरु यहाँ घुम्नका लागि आउँछन् ।



विगतका दिन सम्झदै बन्दिपुर पर्यटन विकास समितिका पुर्व अध्यक्ष बैंस गुरुङ भन्छन् बिस्तारै लयमा फर्किएको छ । अझै पर्यटक सोचेजति आएका छ्रैनन् । ठुलो संख्यामा लगानी गरेर सुविधासम्पन्न होटल बनाएको भएपनि पर्यटक नआउँदा समस्या झेल्नुपरेको बताए । तर अहिले स्वदेशी र विदेशी पर्यटकको संख्यामा पनि वृद्धि आएको छ । अझै धेरै भन्दा धेरै पर्यटक भित्र्याउनको लागि यहाँको प्रचारप्रसारको खाँचो छ । एक पटक जो कसैलाई पनि बन्दीपुर जाउँ जाउँ भन्ने बनाउन अभियानै चलाउनुपर्ने अवस्था आएको छ, उनले भने । बन्दीपुरको परम्परागत कलात्मक घर, बजार क्षेत्रमा राखिएको मेटालिक पोल, बिच्छ्याईएको ढुंगा मात्र नभई अहिले फुलैफुलले बजार ढाकेको छ । त्यसलेनै पर्यटकलाई मोहित पार्ने गर्छ । पाहुना कुरेर बसिरहेका व्यवसायी पछिल्लो समय पर्यटकको चहलपहल बढेपछि उत्साहित भएका छन् तर पहिले पहिले जस्तो पर्यटक बास बसेका छैनन् । दिउँसो त्यहाँको मनोरम दृश्य नियाल्ने र साँझ परेपछि फर्कने गर्दछन् ।



बन्दीपुरलाई ‘पहाडकी रानी’ पनि भन्ने गरिन्छ । यहाँको प्राकृतिक सुन्दरताले गर्दा पर्यटकको मन लोभ्याउने गरेको हो । कुनै बेला होटलहरु मात्र नभै होमस्टेमा पनि बस्नको लागि ठाउँ पाउन मुस्किल पर्दथ्यो । पाहुना आएपछि यहाँको होटेल तथा होमेस्टेलेमात्र फाइदा लिन्थेनन् छिमेकी गाउँका स्थानीयलाईसमेत फाइदा पुग्थ्यो । होमस्टेमा आएका पाहुनालाई अर्गानिक परिकारहरु खुवाउनुथ्र्यो तर हामीले आफै उत्पादन गर्न भ्याउँदैनथ्यौ बन्दीपुर सामुदायिक होमस्टेकी अध्यक्ष दिलकुमारी राना बताउँछिन् । ‘छिमेकी गाउँमा उत्पादन भएका सागसव्जी, लोकल कुखुरा तथा कोदो होमस्टेमै खपत हुन्थ्यो कृषकले पनि बजार भाउ पाउँथे हामीलाई पनि सहज हुन्थ्यो,’ उनले भनिन् । 



बन्दीपुरमा नेवार, गुरुङ, ब्राहमणलगायतका बिभिन्न जातजातिको बसोबास रहेको छ । विभिन्न जातजातीको कला संस्कृति र परम्परागत घरहरुले यहाँ आउने पर्यटकलाई मोहित गराउँछ । फुर्सदको समयमा रिफ्रेस हुनको लागि पर्यटकले बन्दीपुरलाई रोज्ने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यो समय बन्दीपुर घुम्नको लागि उपयुक्त समय हो । यतिखेर गर्मी छल्न बन्दीपुर जाने पर्यटक पनि बढ्दै गएका छन् ।



बन्दीपुर पर्यटकीय क्षेत्र भएकाले पनि गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्न पुर्बाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । यहाँको पर्यटकीय क्षेत्र विकासका लागि गाउँपालिकाले पहल गर्ने अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरमा चीनको ग्रेटवालको जस्तै झल्को दिने मिनि ग्रेटवाल निर्माण भैरहेको छ । तर अहिले बजेट अभावले काम अलपत्र परेको छ । त्यस्तै केवलकार पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । मिनि ग्रेटवाल र केवलकार निर्माण सम्पन्न भएपछि भने पर्यटकको संख्यामा वृद्धि हुने विश्वास गरिएको छ ।



आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist