Latest
अर्को
Prev

प्रभावकारी बन्दै ‘ उपमेयर सँग महिला ’ कार्यक्रम

सेयर गर्नुहोस

 असार, तनहुँ । व्यास नगरपालिकाले सुरु गरेको उपमेयर सँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिका भित्रका महिलाहरुलाई आर्थिक,स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको उपमेयर सँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको हो । उक्त कार्यक्रम अन्तर्गत रहेको शैक्षिक बेरोजगार महिलाहरुलाई उद्यमशिल बनाउने अभियानमा १५ जना महिलाले आफनै व्यवसाय सञ्चालन गरेका छन् । १२ कक्षा पास गरेका १५ जना बेरोजगार महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यका साथ नगरपालिकाले ५० हजारका दरले अनुदान प्रदान गरिएको थियो ।


निवेदन परेका शैक्षिक बेरोजगार महिलाहरुको व्यवसायको स्थलगत निरिक्षण गरि अनुदान प्रदान गरिएको महिला बालबालिका अपाङगता तथा ज्येष्ठ नागरिक उपशाखाकी प्रमुख राधा अचार्यले जानकारी दिईन् । उनका अनुसार उपमेयरको संयोजकत्वमा गठिन अनुगमन समितिले दरखास्त परेका महिलाहरुले संचालन गर्न खोजेका व्यवसाय तथा संचालन गरिएका व्यवसायको स्थलगत अनुगमन गरि अनुदान प्रदान गरिएको हो ।


अनुदान पाउनेमा अधिकांशले कृषि तथा पशु फर्म संचालन गरेका छन् । ‘यो कार्यक्रमले विपन्न र मध्यम वर्गका महिलाहरुलाई फाईदा भएको अनुदान पाएकी व्यास ८ स्थित अधिकारी पशुपालन तथा कृषि फर्मकी पार्वती पराजुली अधिकारीले बताइन् । २०७८ असोज ७ गते नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले शैक्षिक बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको थियो । उपमेयर सँग महिला कार्यक्रम अन्तर्गत रहेको गर्भवती महिला पोषण कार्यक्रम मार्फत एक सय ९ गर्भवती महिलालाई पोषण खर्च वापत ५ हजार प्रदान गरिएको छ । गर्भवती अवस्थामा महिलाहरुलाई आवश्यक पर्ने पोषण तत्व खरिद गर्न उक्त रकम प्रदान गदै आएको उपप्रमुख ईन्दिरा दरैले बताईन् ।


त्यस्तै अपाङगता भएका ८ जनालाई आयआर्जन गर्नका लागि बाख्रा वितरण समेत गरिएको उनले जानकारी दिईन् । उनले उपमेयर सँग महिला कार्यक्रम मार्फत महिलालाई आयआर्जनसँग जोडेर विपन्न, एकल, अपाङ्गता भएका र हिंसापीडित महिलाका लागि प्राथमिकता दिँदै लगानी गरिएको बताइन । बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता महिलाका थुप्रै समस्यामा केन्द्रित भएकी छु, उनले भनिन् ।


त्यस्तै उक्त कार्यक्रम अन्तर्गत महिला प्रजनन स्वास्थ्य कार्यक्रम पनि सञ्चालन हुदै आएको छ । नगरप्रमुख न्यौपानलेले उपमेयर सँग महिला कार्यक्रम नमूना परियोजनाका रूपमा अगाडि बढेको बताउँदै यसलाई उत्पादनमा जोड दिँदै स्वरोजगार सिर्जना गरी महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाको सहयोग रहने विश्वास बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist