पोखरा, ८ जेठ
नेपाल प्रेस युनियन कास्कीको अाइतावार सम्पन्न १० औं अधिवेशनबाट अध्यक्ष पदमा बासुदेव मिश्र, उपाध्यक्षमा विजय लम्साल, उपाध्यक्ष महिला ज्योती हमाल, सचिव धन बहादुर गुरुङ चयन भएका छन् ।
त्यसै गरी सहसचिवमा सपना अधिकारी, कोषाध्यक्ष निराजन अधिकारी चयन भए ।
कार्यसमिति सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिमा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ, सविन विक निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पण्डेले उदघाटन गर्दै प्रेसले लोकतन्त्रको रक्षाका लागि कलम चलाउनुपर्नेमा जोड दिएका थिए ।