७ जेठ, तनहुँ ।
प्रेस युनियन तनहुँको आठौं अधिबेशनमा तीन पत्रकार पुरस्कृत भएका छन् । शाखाको शनिबार भएको आठौं अधिबेशनका अबसरमा विभिन्न विद्यामा जिल्लाका किर्यशिल तिन जना पत्रकारलाई सम्मान गरिएको छ ।
राससका पुर्व अध्यक्ष कुलचन्द्र वाग्ले बलराम बानियाँ स्मृति पत्रकारीता पुरस्कार, कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेतलाई नरहरि खनाल स्मृति पत्रकारीता पुरस्कार र प्रेस युनियन तनहुँका पुर्व अध्यक्ष डम्बरबहादुर अधिकारीलाई गेगनाथ नहर्की स्मृति पत्रकारीता पुरस्कार बाट सम्मान गरिएको हो ।
पुरस्कारको राशी दश दश हजार रहेको छ । सम्मानित पत्रकारहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले पुरस्कार प्रदान गरेका थिए ।