तनहुँ १९ वैशाख
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले शनिवार दमाैलीमा निशुल्क म्यादी बिमा पोलिसी एक कार्यक्रमकाे अायाेजना गरी हस्तान्तरण गरेकाे छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सका एरिया ब्रन्च मेनेजर माधब न्यौपानेले १० जना श्रमिकको लागि बिमा पोलिसि हस्तान्तरण गरेका हुन् । जीवन बीमा हरेक मानिसको लागि अपरिहार्य भएकाले अनिवार्य रुपमा विमा गर्नु पर्दछ भन्ने सन्देश स्वरुप पोलिसी हस्तान्तरण गरेको न्याैपानेले वताए । दमौली बजार भित्र रहेका अटो चालक, मोटरसाईकल ग्यारेज, चप्पल उद्योग लगायतका विभिन्न क्षेत्रमा श्रम गर्नुहुने श्रमिकहरुलाई श्रमिक दिवसकाे अवसर पारी उक्त कार्यक्रमको आयोजना भएको थियो ।
आज पनि भोलि पनि, वचत पनि सुरक्षा पनि भन्ने मुल प्रकरण लिएर स्थापित महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. ले विभिन्न समयमा युवासंग महालक्ष्मी लाईफ, महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता सफल कार्यक्रमहरु गर्दै समुदायीक उत्तरदायित्व निर्वाह गर्दै आएको छ ।हाम्रो दैनिकी जोखिमपूर्ण ढंगबाट चलिरहने हुँदा हामीले हाम्रो जोखिम बीमा कम्पनीमा हस्तान्तरण गर्दै गर्दा अनिवार्य वचत समेत हुने हुनाले बीमा अपरिहार्य भएको कुरा कार्यक्रममा उपस्थित सिनियर एजेन्सि मेनेजर राजु ढकाल लगायतका विमाकाे महत्वमाथि प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले यस किसिमको कार्यक्रमले बीमाको बारेमा जानकारी प्राप्त भएको हुँदा बीमा हामीले हाम्रो आम्दानी अनुसारको गर्न सकिने रहेछ तसर्थ बीमाबाट त्रसित होईन बीमालाई अनिवार्य गर्न साथीहरुलाई समेत अभिप्रेरीत गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।