Latest
अर्को
Prev

ढकमक्क फुलैफुलले बढायो बन्दीपुरको सौंदर्य

सेयर गर्नुहोस

१६ बैशाख, तनहुँ ।


पर्यटकीय नगरी बन्दीपुर यतिखेर फुलैफुलले ढाकिएको छ । बन्दीपुर बजारका घरको छतमा रंगीविरंगी फुलहरु फुलेको छ । फुलले बजारको सौदर्य नै बढाएको छ जसले गर्दा पर्यटक आकर्षित भएका छन् ।


यतिखेरको मौसम पर्यटकको लागि उपयुक्त भएकाले पनि धेरै पर्यटकको मन लोभ्याएको हो । एकातिर कलात्मक घरले सुन्दरता बढाएको बन्दीपुरमा अहिले फुलेका विभिन्न फुलले पर्यटकलाई आकर्षित गरेको छ । पछिल्लो समय फुलले ढाकेको बन्दीपुर बजारमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । गर्मी बढेसँगै बन्दीपुर आउने पर्यटकको संख्यामा पनि वृद्धि आएको छ ।


बन्दीपुरको मौसम चिसो भएकाले पनि यस क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको छ । गण्डकी प्रदेशको पोखरापछिको धेरै पर्यटक आउने ठाउँका रुपमा बन्दीपुरलाई पर्छ । यहाँ सत्तरी भन्दा धेरै होटेलहरु संचालनमा रहेको बन्दीपुर पर्यटन विकास समितिका पुर्वअध्यक्ष बैस गुरुङले बताए । कोरोनाका कारण अहिलेसम्म पनि पर्यटनमा असर परेको छ । अझै व्यवसाय फस्टाउन सकेको छैन । ‘दैनिक पाँच सात सयको संख्यामा त विदेशी र स्वदेशी पर्यटक आउने गर्थे । अहिले त सिजनको समयमा पनि त्यति पर्यटक आउँदैनन्,’ उनले भने ।


केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै पर्यटकहरु रिफ्रेस हुन बन्दीपुर आउन थालेका छन् । यहाँको मौसम गर्मीमा चिसो हावा चल्ने र जाडोमा तापक्रम बढ्ने भएकाले पनि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गर्छ । अहिले बजार क्षेत्रमा फुलहरु फुलेका छन् । त्यसले पनि पर्यटकलाई आकर्षित गरेको छ,’ उनले भने । बन्दीपुरमा चाइनिज पर्यटक धेरै आउने गर्छन् । त्यस्तै भारत, अमेरिका, अस्टेलिया, न्युजिल्यान्ड, जर्मनलगायतका देशबाट पनि आउने गरेका छन् । अहिले दुई तीनसयको संख्यामा पर्यटक बन्दीपुर घुम्न आउने गर्छन् ।


यहाँ कलात्मक घरले मात्र नभई बजार क्षेत्रमा बिच्छ्याइएको ढुंगाले पनि पर्यटकको मन खिच्ने गर्छ । त्यस्तै बजार क्षेत्रमा राखिएको मेटालिक पोलले पनि बन्दीपुरको सौंदर्यतामा थप सुन्दरता बढाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरबाट माछापुच्छे«, अन्नपुर्णसहित एघार वटा हिमालहरु नजीकैबाट नियाल्न सकिनेछ । बन्दीपुरमा बिदाको दिनमा आन्तरिक पर्यटकको भिड बढ्ने गरेको छ । ( मानुङ्ग पोष्ट वाट )


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist