Latest
अर्को
Prev

नेपाल एसिसी प्रिमियर कपको फाईनलमा

सेयर गर्नुहोस

नेपालले एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । टियु क्रिकेट मैदानमा कुवेतसंग भएको सेमिफाईनल खेल बर्षाको कारणले बिचमै रोकिएपछी समुह बिजेता भएको आधारमा नेपाल फाईनल प्रवेश गरेको हो ।


वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।तर डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो । 


नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।


त्यस्तै अर्को सेमिफाइनल खेलमा पनि वर्षाले अवरोध पुर्‍याएपछि डकवर्थ लुइस प्रणालीमा अगाडि रहँदै यूएई फाइनलमा पुगेको हो । डकवर्थ लुइसमा यूएईले ओमानलाई २ रनले हराएको हो । एसीसी प्रिमियर कपको फाइनल सोमबार हुनेछ । उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।


नेपालले उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । फाइनलमा पुगेसँगै नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist