Latest
अर्को
Prev

गण्डकी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमूखकाे आह्वान

सेयर गर्नुहोस

पोखरा, १२ ।


गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते संसदवाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि ३ दिनको म्याद दिएको हो ।


वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । एमाले नेतृत्वकाे सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएकाे हाे ।


सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदकाे गठबन्धन छ । गण्डकीमा सरकारकाे नेतृत्व कांग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा टुंगाे नलाग्दा सरकार गठनका लागि ढिला भएकाे थियाे ।


प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist