१२ बैशाख ।
तनहुँ १ को उपनिवार्चनमा रास्वपाको उमेद्वार स्वर्णिम वाग्ले बिजयी भएका छन् । नेपाली काग्रेसका उमेद्वार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पार्दै वाग्ले विजयी भए ।
वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याउदा भट्टराईले २० हजार १२२ मत पाए। त्यसै गरी नेकपा एमालेका सबेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । वाग्लेले खसेको मतको आधा भन्दा बढी मत प्राप्त गरे । मत परिणामको अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।
तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार ३ सय १६ मत खसेको थियो । तनहुँ क्षेत्र नम्बर १ मा पाँच पालिकाका ४२ वडा पर्छन् । भानु नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्छन् ।